युवा पत्रकार रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

सम्मान

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

Ranjan adhikari samman

पोखरा । गण्डकी प्रदेश केन्द्रित रही पोखराबाट सञ्चालित ‘गण्डक न्युज डटकम’ का सम्पादक रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।

गण्डकी प्रदेशकै अग्रणी रेडियो बिग एफएम १०१.२ का स्टेशन म्यानेजरसमेत रहेका अधिकारीलाई शुक्रबार एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।

बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् ।

५ वर्ष आदर्श समाज दैनिकका साथै गोलनेपाल डटकम, कास्की आवाज दैनिकमा समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।

पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार-२०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।

सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए ।

श्रमजीवि पत्रकारलाई यति ठूलो धनराशीको पुरस्कार गर्विलो रहेको भन्दै उनले यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे ।

मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित समाचार:

सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’

युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै