पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पाेखरामा ४ लाख उपाधि राशीको भलिबल प्रतियोगिता हुने
नवौं विश्वकर्मा भलिबल कपमा गल्याङ च्याम्पियन, उमेश बने सर्वाेत्कृष्ट
कास्कीमा लागूऔषधसहित दुई जना पक्राउ
पोखरामा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को पार्लर सञ्चालन
ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व, चन्द्रमाया सर्वसम्मत
बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा