पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा सुबेदार मेज मन्त्रीजंग गुरुङ, सचिवमा सुबेदार मेजर अनेरी क्याप्टेन मन्त्रीजंग गुरुङ, सहसचिवमा सपना गुरुङ, कोषाध्यक्षमा क्याप्टेन जमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सुबेदार जयबहादुर गुरुङ चयन भए ।
त्यस्तै सदस्यहरूमा क्याप्टेन भक्तराज गुरुङ, हवल्दार दिलबहादुर गुरुङ, हेमबहादुर गुरुङ, रूपबहादुर गुरुङ, नैना सिंह गुरुङ, देवबहादुर गुरुङ, शकुन्तला गुरुङ, मेघबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, हवल्दार डिलबहादुर गुरुङ, सुबेदार उमरजंग गुरुङ, सुबेदार ईरबहादुर गुरुङ र शेरबहादुर गुरुङ चयन भए ।
यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एकताको सुुत्रमा बाँध्न समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् । उनले एकतामा शक्ति हुने बताउँदै भनिन्, ‘हामी समाजको शक्तिलाई विश्वास गर्ने समुदाय हो । त्यसैले समाजको एकता आजको आवश्यकता हो ।’

अधिवेशनले अनुराधा गुरुङको अध्यक्षतामा १५ सदस्यीय महिला उपसमिति र थमन गुरुङको अध्यक्षतामा १५ सदस्यीय युवा उपसमिति पनि सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति, महिला उपसमिति र युवा उपसमितिका पदाधिकारी तथा सदस्यहरूले अधिवेशनकै क्रममा सपथ ग्रहण गरे ।
कास्कीको मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई पोखरामा बसोबास गर्दै आएका तमु समुदायका व्यक्तिहरूद्वारा स्थापित ताङतिङ दूधपोखरी तमु समाजले पोखरामा रहेका ताङतिङबासीबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउँदै आएको छ ।
नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङले समाजलाई थप उचाइमा पुर्याउन अनवरत कसरत गर्ने प्रतिबद्धता जनाएकी थिइन् । महिलाको नेतृत्वसँगै समाजका गतिविधिमा महिला तथा युवाको सहभागिता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व, चन्द्रमाया सर्वसम्मत
बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग
शुक्रबारदेखि ‘दौतरी कप विद्यालयस्तरीय फुटसल’ प्रतियोगिता
बाढीपीडितलाई आदर्श क्लबकाे ४ लाख सहयोग
पोखरामा नवौं विश्वकर्मा कप भलिबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा