नेपाल इस्यू बारे

नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।

‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

यसले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरेको छ । समाजका विकृति, विसंगति, भ्रष्टाचार अन्त्य गर्न निर्भिक पत्रकारिताबाट नेपाल इस्यू कहिल्यै डगमगाउँदैन ।