व्यवसाय आफ्नो ठाउँमा छ, तर चलचित्रप्रतिको मोहले मानिसलाई कुन क्षेत्रमा पुर्याउँछ भन्ने उदाहरण हुन् पोखराका युवा व्यवसायी विवेक थापा।
व्यावसायिक रूपमा इम्पोर्ट–एक्सपोर्टको क्षेत्रमा सक्रिय थापाको परिचय अहिले चलचित्र निर्माताका रूपमा पनि विस्तार हुँदै गएको छ। सानैदेखि चलचित्रप्रति विशेष रुचि राख्ने उनी अहिले आफ्नो यही रुचिलाई लगानी र सिर्जनात्मक सहकार्यमा रूपान्तरण गरिरहेका छन्।
कलाकारहरूसँगको चिनजान र चलचित्र क्षेत्रसँगको निकटताले उनलाई फिल्म निर्माणतर्फ आकर्षित गर्यो। यही क्रममा भुवन केसीसँग परिचय भएपछि चलचित्र निर्माणमा सहकार्य गर्ने अवसर जुट्यो। भुवन केसीको निर्माणमा तयार भएको चलचित्र ‘बाटुलो जून’मा उनी सहायक निर्माताका रूपमा जोडिएका छन्।

यसअघि अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’मा समेत लगानी गरिसकेका विवेकका लागि ‘बाटुलो जून’ चलचित्र क्षेत्रमा दोस्रो अनुभव हो। पहिलो चलचित्रबाट प्राप्त अनुभव र सकारात्मक प्रतिफलले उनलाई यस क्षेत्रमा थप उत्साहित बनाएको छ।
विवेकका लागि चलचित्रमा लगानी गर्नु केवल आर्थिक कारोबार मात्रै होइन, आफ्नो रुचि र सपनासँग जोडिएको विषय पनि हो। उनी चलचित्रमा लगानी गर्नुअघि सबैभन्दा पहिले कथालाई प्राथमिकता दिन्छन्। कथा मन परेपछि त्यसलाई अझ राम्रो बनाउन आवश्यक सिर्जनात्मक सुझावसमेत दिने गर्छन्। त्यसपछि कलाकार, निर्माण टोली र उनीहरूको दर्शकमाझको प्रभावलाई नजिकबाट नियाल्ने उनको भनाइ छ।
अनमोल केसीको लोकप्रियता र दर्शकमाझ रहेको क्रेजलाई नजिकबाट बुझेका विवेकले उनको अभिनय रहेका चलचित्रमा सहकार्य गर्ने अवसरलाई पनि महत्त्व दिएका छन्।

‘बाटुलो जून’ अहिले हलहरूमा प्रदर्शन भइरहेको छ। चलचित्रप्रति दर्शकको आकर्षण र आफ्नो दोस्रो निर्माण यात्राले विवेकलाई थप उत्साहित बनाएको छ। अब उनी फेरि राम्रो कथा, बलियो निर्माण टोली र लोकप्रिय कलाकारको सहकार्यमा नयाँ चलचित्र निर्माण गर्ने योजनामा छन्।
व्यवसायबाट आर्जन गरेको अनुभवलाई चलचित्र क्षेत्रमा उपयोग गर्दै अघि बढिरहेका विवेक थापा नयाँ पुस्ताका त्यस्ता व्यवसायीमध्ये एक हुन्, जसले आफ्नो रुचिको क्षेत्रमा पनि सम्भावना खोजिरहेका छन्। पोखराबाटै व्यवसाय सञ्चालन गर्दै नेपाली चलचित्र क्षेत्रमा लगानी र सहकार्यको यात्रा अघि बढाउनु उनको अर्को सकारात्मक पक्ष हो।
उनको यो यात्राले चलचित्र क्षेत्रप्रति रुचि राख्ने युवा व्यवसायीलाई पनि आफ्नो क्षमता, अनुभव र लगाव भएको क्षेत्रमा सम्भावना खोज्न प्रेरित गर्न सक्छ।

सम्बन्धित खबर
चलचित्रप्रतिको मोहले व्यवसायी विवेक थापालाई बनायो फिल्म निर्माता
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेट
पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता
बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा