युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।
पोखरा बस व्यवसायी समितिले २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा युवा पत्रकार अधिकारीलाई सम्मान गरेको हो।
अधिकारीलाई प्रमुख अतिथि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, पोखरा बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष देउप्रसाद गुरुङ, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले अधिकारीलाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।
पोखरामा नौ वर्ष अघिदेखि पत्रकारिता गरिरहेका अधिकारी मज्जाको न्युज डटकमका फाउण्डर तथा चिफ ईडिटर हुन् । उनी चार वर्षदेखि आदर्शसमाज दैनिक र बिग एफएममा कार्यरत छन् । त्यसअघि पाँच वर्ष रेडियो अन्नपूर्णमा कार्य गरेको अनुभव छ । अधिकारी नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पत्रकार समाज पोखराका अध्यक्ष पनि हुन् ।

पुरस्कार छनौट समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको माध्यमबाट यातायात संघसंस्था, व्यवसायी, मजदुर तथा आम उपभोक्तालाई सु–सुचित, सचेत एवं जिम्मेवार बनाउन पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको बताए ।
ज्ञवालीले भने– ‘लामो समयदेखि पत्रकारिता गरेका युवा पत्रकार अधिकारीले यातायात क्षेत्रको समस्या, विकृति, सडक सुरक्षा, व्यवस्थित पार्किङ, उपभोक्तामुखी समाचार लेखे स्वरुप छनोट समितिले पुरस्कारको लागि सिफारिस गरेका हौं ।’ ज्ञवालीले यातायात व्यवसायीबीचको असमझदारी अन्त्य हुनुपर्ने, सेवामुखी बन्नुपर्ने, यात्रुसँग राम्रो व्यवहार गर्नतर्फ जोड दिएका थिए ।
सम्मानित भएपछि अधिकारीले पुरस्कारले पत्रकारितामा अझै सशक्त भएर लाग्न प्रेरणा मिलेको बताए । आफ्नो वुवा पनि मजदुर भएको स्मरण गर्दै उनले मजदुरको छोराले व्यवसायीले स्थापना गरेको पुरस्कार पाउदै आफू झनै हर्षित भएको स्मरण गरे।
‘यातायात मजदुरकै छोरो हुँ । पेशागत जीवनमा पहिलो पुरस्कार पनि यातायात पत्रकारिता नै प्राप्त हुँदा असाध्यै खुशी लागेको छ ।’ उनले थपे– ‘यसले जिम्मेवारी थपेको छ ।’

सम्मानित व्यक्तित्व अधिकारीले यातायात क्षेत्रका समाचारले प्राथमिकता पाउन कि दुर्घटना, कि त सडक बन्द वा सिण्डिकेटको आरोप लागेको हुनुपर्ने प्रचलन रहेकाले मुलुकको राजश्वमा ठूलो योगदान गर्ने यातायात क्षेत्रको समस्या व्यवसायी आफैले हल गर्ने, राज्यको ध्यानाकर्षण गराउन सुझाव दिए ।
उनले यात्रु ठगेको, व्यवसायीबीच असमझदारी बढेको, सडक बन्द गरेको जस्ता समाचार लेख्ने दिन पत्रकारलाई नआओस् भन्ने अपेक्षा राख्दै समितिमा राम्रो नेतृत्व चयन होस् भन्ने शुभेच्छा प्रकट गरे ।
समितिले पोखराको पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्दै यातायातको क्षेत्रमा काम गर्दै आएको पत्रकारलाई प्रत्येक वर्ष संघको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ। सो अवसरमा उत्कृष्ट चालक, कर्मचारी, एसएलसीमा उत्कृष्ट अंक ल्याउने व्यवसायी, मजदुरका छोराछोरीलाई सम्मान गरिएको थियो।
[अर्काइभ] २१ साउन २०७३
सम्बन्धित समाचार:
सम्पादक रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’
युवा पत्रकार रञ्जन अधिकारीलाई ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७४’
युवा पत्रकार रञ्जन अधिकारी ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित
सम्बन्धित खबर
अन्तर कलेज टिचर्स फुटसलमा न्यू ग्यालेक्सी च्याम्पियन
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा