यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने

यूएईले सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिने

UAE

योगेन्द्र योगी । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा भएका सबै देशका घरेलु कामदारहरूलाई प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

सरकारी र अर्धसरकारी निकायका वैध रेसिडेन्सी भिसा भएकाहरु र महत्त्वपूर्ण संस्थाका कामदारका लागि प्रवेश अनुमति दिइने भएको हो । तर, यूएई पुगेपछि उनीहरूले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

पहिचान र नागरिकता (आईसीए)द्वारा राष्ट्रिय आपतकालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण (एनसीईएमए)को समन्वयमा घरेलु कामदारलाई प्रवेश अनुमति दिने निर्णय गरेको ईमर्जेन्सी प्राधिकरणले जनाएको छ ।

तर, उनीहरुले प्राधिकरणको वेबसाइट आईसीए डट जीओभी डट एइ (ica.gov.ae) मार्फत आवेदन पेश गर्नु पर्ने जनाएको छ ।

प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न सहयोग पुर्‍याउन पूर्व-प्रवेश परीक्षाको मापदण्डको पालनालाई जोड दिने गल्फ न्यूजले जनाएको छ ।

यूएईको यो निर्णयसंगै नेपालमा नयाँ भिसा लागेर बसेका नेपाली कामदारहरुलाई रोजगारीको लागि बाटो खुल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै