कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने

कतारमा कम्पनी परिवर्तन गर्न ‘रिजाइन लेटर’ चाहिने

Doha-Qatar

दोहा- कतारमा रोजगारी परिवर्तन गर्नको लागि आवेदन बुझाउँदा कामदारले आफ्नो राजीनामाको प्रतिलिपि पनि संलग्न गर्नु पर्ने भएको छ ।

यस्तै कामदारले रोजगारी परिवर्तन गर्न खोजेको नयाँ कम्पनीको अफर लेटरमा हस्ताक्षर र स्टाम्प पनि आवश्यक पर्ने कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक सचिव मोहम्मद हसन अल ओबैदलीका अनुसार आवेदन प्राप्त भएपछि मन्त्रालयले रोजगारदाता कम्पनी र कामदारलाई म्यासेज पठाउने तथा कामदारले कम्पनी परिवर्तन गर्न लागेको बारेमा जानकारी दिनेछ ।

मन्त्रालयबाट आएको पहिलो म्यासेजले निवेदन स्वीकृत भएको नजनाउने पनि उनले प्रष्ट्याएका छन् । अन्तिम काम नभएसम्म कामदारलाई रोजगारदाताले कम्पनीमै राख्नु पर्ने जनाईएको छ ।

कम्पनी परिवर्तन गर्न दुई वर्ष वा सो भन्दा बढी काम गरिसकेको कामदारले दुई महिना सूचना अवधि र दुई महिना भन्दा कम अवधिमा एक महिना सेवा गर्नुपर्नेछ।

रोजगारदाता र कामदारका लागि रोजगार सम्झौताको पालना गर्नु अनिवार्य भएको उनले बताए । रोजागारी दिने र पाउने दुबै पक्षहरूको एक अर्काको दायित्व र अधिकार विर्सन नहुने पनि ओबैडलीले बताए । यदि कुनै कामदारले रोजगार सम्झौता वा श्रम कानूनको प्रावधानको उल्लंघन गरेर देश छोडे भने एक वर्ष कतार फर्कन नपाउने उनले प्रष्ट्याए ।

अहिले कतारले नो अब्जेक्सन लेटर बिनै कम्पनी परिवर्तन गर्न सक्ने नियम लागू गरिसकेको छ । यसअघि राजीनामा पत्रबारे केही उल्लेख गरिएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै