रोजगारीका लागि ओमान खुला, नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने

रोजगारीका लागि ओमान खुला, नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्ने

Oman

दोहा- ओमानले अब नयाँ नेपाली श्रमिक लिने भएको छ । एक सूचना जारी गर्दै ओमानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पुन: थालिएको जनाएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने बताइन् ।

मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरु पनि अब प्रवेस पाउने छन् ।

यस्तै कोरोना सम्बन्धी बनेको सर्वोच्च समितिले पर्यटक भिसा भएकाहरुलाई पनि मुलुकमा प्रवेश दिने निर्णय गरेको छ । त्यहाँ पुगिसकेपछि कोरोना सम्बन्धी नियमहरु भने पालना गर्नु पर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै