पोखरा । दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालयस्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ ।
आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे ।
खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार ब्याक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागीका लागि टिम दर्ता शुल्क ५ हजार लाग्नेछ ।
यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नरही यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोपकार रहेको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले बताए । गुरुङका अनुसार प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका व्यक्तिहरू, क्यान्सर (अंकोलोजिस्ट) पीडित तथा जेहेन्दार एवम् विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिने आयोजनकले जनाएकाे छ ।
सम्बन्धित खबर
शुक्रबारदेखि ‘दौतरी कप विद्यालयस्तरीय फुटसल’ प्रतियोगिता
बाढीपीडितलाई आदर्श क्लबकाे ४ लाख सहयोग
पोखरामा नवौं विश्वकर्मा कप भलिबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा