पोखरा । खेलकुद तथा सामाजिक क्षेत्रमा त्रियाशिल बुद्धटोल (बिटी) क्लबले एकैसाथ दुई कार्यक्रमको आयोजना गरेको छ ।
युवा दिवसको अवसर पारेर पोखरा १ बगरस्थित पुरानो टुंडिखेलमा अयोजित तेस्रो खुला रक्तदानबाट १ सय ६ युनिट संकलन र ७ मुख्य चोकमा सिसिटिभी जडान गरेको क्लबा अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा क्लबका सदस्य, स्थानीय, विद्यार्थी लगायतले रक्तदान गरे ।
उनले समाजलाई योगदान दिने उद्देश्यले निरन्तर सामाजिक काममा अग्रसर भएको बताए । ‘हामीले केवल क्लबको गतिविधि बढाउन मात्र होइन, समाजमा प्रत्यक्ष फाइदा पुगोस् भनेर यो कार्यक्रम गरेका हौँ । पोखरा र आसपासका क्षेत्रमा रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’
उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वको भावना जगाउन र आकस्मिक बिरामीहरूलाई समयमै रगत उपलब्ध गराउन बिटी क्लबले रक्तदानको आयोजना गरिएको बताए ।
७ मुख्य चोकमा सिसिटिभी जडान
क्लबले सोही सन्दर्भमा बगर क्षेत्रका ७ मुख्य चोकमा सिसिटिभी जडान गरेको छ ।
शान्ति सुरक्षामा टेवा पुर्याउने उद्देश्यले टुँडिखेल चौतारी, मानसडक, बागबजार, हरिचोक, नयाँगल्ली लगायतका चोकमा सिसिटिभी जडान गरिएको निवर्तमान अध्यक्ष अशिम थापाले जानकारी दिए ।
उक्त सिसिटिभीको मनिटरिङ तत्कालका लागि क्लबले गरेपनि प्रक्रिया पुरा गरेपछि वडा प्रहरी कार्यालय बगरलाई जिम्मा दिइने थापाले बताए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा सधैँ साथ दिने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा