पोखराका अग्रज पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् ।
पोखरा वडा नंं. २८, माझठाना घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए ।
नागरिक दैनिक, नेपाल समाचारपत्र दैनिक, समय साप्ताहिक, बिबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएममा काम गरेको अनुभव बटुलेका लामिछाने पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकको गण्डकी ब्युरो प्रमुख छन् ।
पोखराको गण्डकी विश्वविद्यालय र लेकसिटी कलेजमा पत्रकारिता विषय अध्यापन गर्दै आएका लामिछाने नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार समेत छन् ।
लामिछानेसँगै लमजुङका पत्रकार विजय अधिकारी पनि सदस्यमा नियुक्त भएका छन् भने उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ ।
प्रेस काउन्सिलको स्थापना २०२७ असोज ६ गते भएको हो । काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसनधान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने काम गर्छ ।
प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबिच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।
सम्बन्धित खबर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाल्पा पुगेर सकियाे ‘जाउँ है पोखरा अभियान’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा