फोटो पत्रकार अक्षयकोषमा आदर्श हार्डवयरको २५ हजार सहयोग

फोटो पत्रकार अक्षयकोषमा आदर्श हार्डवयरको २५ हजार सहयोग

NPJA Help Photo

पोखरा ।   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरले आर्थिक सहयोग गरेको छ ।

हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अक्षयकोषमा नगद २५ हजार १५ रुपैयाँ सहयोग गरिएको हो । हार्डवयरका सञ्चालक विजय गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई शनिबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।

अक्षयकोष सहयोगदाता गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।

एनपिजेए कास्की अध्यक्ष राम गुरुङले फोटो पत्रकार रानालाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरुबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता