पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले प्रदान गर्ने ‘निट पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । पोखराको महेन्द्रपुलस्थित रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको पुरस्कारका लागि फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको हो ।
समितिको सदस्यमा पूर्व पुरस्कृत पत्रकार भरत कोइराला, फोनिज गण्डकीकी अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् । निट डेण्टलको चौंथो वार्षिकोत्सवका अवसरमा मंसिर २६ गते अर्पण गरिने पुरस्कारबाट पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकार सम्मानित हुने फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङले बताइन् । पुरस्कार राशी २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यो पुरस्कार फोनिजमा मात्र सिमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्ने अध्यक्ष गुरुङले बताइन् । ‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भनीन्, ‘डेण्टलको वार्षिकोत्सवको दिन हरेक वर्षको मंसिर २६ गते एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिदैं आइएको छ ।’ निट डेण्टलको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने गरी पुरस्कार घोषणासँगै गतवर्ष पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरिएको थियो ।
सम्बन्धित खबर
‘निट पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन
पुस २ गतेदेखि लेखनाथ महोत्सव
पोखरामा हुने फेवा किङ्स कपको तयारी पूरा, ६ टिम भिड्ने
कांग्रेस महाधिवेशन: कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा शुक्रराजको उम्मेदवारी
पाेखरामा ४ लाख उपाधि राशीको भलिबल प्रतियोगिता हुने
नवौं विश्वकर्मा भलिबल कपमा गल्याङ च्याम्पियन, उमेश बने सर्वाेत्कृष्ट
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा