काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन्। पूजा आराधनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो।
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको पूजाअर्चना गरेका छन्।
मन्दिरमा साँझ साढे पाँच बजेसम्म चार लाख ३५ हजार बढी भक्तजनले पूजा आराधना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
आज बिहान २ बजेबाटै पशुपति क्षेत्रमा दर्शनार्थीको लागि मन्दिरको चारै ढोका खोलिएको छ।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको भेटवार्ता
तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !