पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

भलिबल प्रतियोगिता

पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पुरुषतर्फकाे उपाधि राशी ४० हजार

Dansinghaa

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको अवसर पारेर  प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबका अध्यक्ष दुर्गा बहादुर बरालले खेल कात्तिक ९ गतेदेखि सुरु हुने जानकारी दिए ।

उनका अनुसार कानुङ प्राविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगदरु ४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै द्वितीय हुनेले नगद रु ३० हजार, तृतीय हुनेले नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ६ हजार हात पार्नेछ ।

टिम दर्ता भने ४ हजार रुपैयाँ निर्धारण गरिएको अध्यक्ष बरालले बताए ।

यस्तै महिलातर्फ प्रथम हुने टोलीलाई नगद रु १३ हजार, द्वितीय हुनेलाई ९ हजार र तृतीयलाई ६ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मदन बरालले जानकारी दिए ।

उनका अनुसर टिम दर्ता शुल्क ७ सय ५५ रुपैयाँ तोकिएको छ । प्रतियोगितामा सहभागी जनाउनका लागि कात्तिक ७ र ८ गते भित्र टिम दर्ता गरिसक्नुपर्ने  आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता