लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित पर्यटकीय पसगाउँ । परम्परागत ढुङ्गाको छानोले मनमोहक गाउँ हो ।
यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
थाप्लोमै छ क्होंम्रेडाँडा । जहाँबाट अन्नपूर्ण हिमशृंखला आँखैमा ठोक्किन आइपुग्छ। यहाँबाट लमजुङ र कास्कीका थुप्रै गाउँ, डाँडाकाँडा र फाँटहरु देखिन्छन्।
सर्लक्क परेका छपनी छापिएको बाटो र परम्परागत ढुंगाकै छाना हालिएका घर भएको पसगाउँ गुरुङ संस्कृतिमा धनी छ। पोखराबाट आधा दिनको मोटरयात्रामा पुगिने यो गाउँका घरमै पेइङ गेस्ट बनेर पाहुना लाग्न पाइने सुविधा पनि छ।

पसगाउँले यतिबेला पर्यटक डाकिरहेको छ। आफ्नो गाउँका कला, संस्कृति र स्थानीय खानपानको स्वाद चखाउन पर्यटक डाक्दै गाउँमा वर्षेनी महोत्सव पनि हुने गरेको छ ।
महोत्सवमा घाँटुनाचसहितका गुरुङ संस्कृति देखाइन्छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँमा घाँटुका अलावा कृष्णचरित्र, सारंगीनाच, सोरठीसहितका कला संस्कृति जीवित छ ।
२ सय ५० घरधुरी रहेको गाउँमा दुई दर्जन घरमा होम स्टे सुविधा छ।










सम्बन्धित खबर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाल्पा पुगेर सकियाे ‘जाउँ है पोखरा अभियान’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा