विकट जिल्ला हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुन लागेको छ । यही जेठ २६ गते, पोखरा सभागृहमा साँझ साढे ६ बजेदेखि परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
नेपालकै अग्लो स्थानको गाउँपालिका नाम्खा गाउँपालिका, हुम्लाका का १७ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्रोजेक्टका सोभित ठकुरीले जानकारी दिए । पोखराका युवा व्यवसायी उनी यहाँको चर्चित कफी घर, न्यूरोडका सञ्चालक हुन् । ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा कृष्ण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका छन् ।

आगामी शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल, अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने ठकुरीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा प्रवेशका लागि २५०, ५०० र १००० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जसमा विद्यार्थीका लागि २५०, कर्मचारी टिकट ५००, र व्यापारीक व्यक्ति र संघ संस्था टिकट भनेर १००० रुपैयाँ राखिएको छ । प्रेरणा, हौसला र सहयोग भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरी आशावादी देखिन्छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कमाउने दृष्टिकोणले भन्दा पनि सेवाको भावनाले सांगीतिक कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समय देखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ।
यस्तै, केही समय अगाडि पूर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो । शैक्षिक सामाग्री उपलब्ध भएसँगै उक्त ठाउँका बालबालिकाहरुको पढ्ने मनोभावनामा फेरबदल आएको ठकुरीको अनुभव छ ।

शैक्षिक सामाग्रीको अभाव रहेको क्षेत्र हुम्लामा पुगी सचेतना फैलाउन शैक्षिक सामाग्री वितरण गर्ने भएकाले पोखरेलीको व्यापक सहभागिताका साथ आर्थिक कोष जुट्ने विश्वासमा ठकुरी छन् । सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिममा हुम्ला प्रस्थान गर्नेछ ।
सम्बन्धित खबर
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नसर्ने रोग न्युनिकरणका लागि एक महिने परीक्षण अभियान सुरू
प्रेस चौतारी कास्कीको नेतृत्व चयनमा एमाले कास्कीको हस्तक्षेप, असहमतिका बीच मोतिसागर अध्यक्ष घोषणा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !