पोखरा । विश्वकर्मा समाज नेपालले ९ औँ संस्करणको विश्वकर्मा कप–२०८३ वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विश्वकर्मा पूजाको अवसरमा आगामी असोज १ देखि ३ गतेसम्म पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । सो प्रतियोगितामा नेपालभरका जुनसुकै वडाले पनि सहभागिता जनाउन सक्ने विश्वकर्मा समाज नेपालका अध्यक्ष बेलबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले विश्वकर्मा समुदायको पहिचान, एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायका विभिन्न तह र क्षेत्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता समूहले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेलकुद संयोजक पितम्बर सुनारले बताए । उनका
अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ३ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै भलिबल खेलको समग्र विकास, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, स्वस्थ प्रतिस्पर्धा, अनुशासन तथा आपसी भाइचाराको भावना विकास गर्ने लक्ष्य लिएको छ ।
२० टिम बढीको सहभगिता रहने अपेक्षा
प्रतियोगितामा नेपालभरिका जुनसुकै वडाले आफ्नो प्रतिनिधित्व गर्दै सहभागिता जनाउन सक्ने अध्यक्ष बेलबहादुर विश्वकर्माले स्पष्ट पारे । उनले सिमित टिम नभएकाले देशभरबाट २० भन्दा बढी टिमको सहभागिता हुन सक्ने अपेक्षा लिइएको बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले भदौ ३१ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने उनले बताए । प्रतियोगिताको क्रममा विश्वकर्मा समुदायको कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरूसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा नवौं विश्वकर्मा कप भलिबल प्रतियोगिता हुने, उपाधि राशी १ लाख
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा