राजापुर नगरपालिका र गेरुवा गाउँपालिका करिब ५ हजार किसानहरू गेरुवा गाउँपालिका–१, जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन् ।
असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाइका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन् । ओखरिया इन्टेकबाट १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गर्दछ ।
खडेरीले गर्दा खेतमा पानी नपुगेपछि किसानहरू ट्याक्टरमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेका थिए । इन्टेकनजिक रहेको कर्णालीको भङ्गालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका छन् ।
धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्याउने गरेका छन् । राजापुर सिँचाइ आयोजनाले निर्माण गरेको राजापुर सिँचाइ प्रणाली अन्तर्गतको संयुक्त बुढीकुलो सिँचाइ प्रणाली अन्तर्गत १२ वटा मौजा रहेका छन् ।
राजापुर सिँचाइ प्रणाली व्यवस्थित रूपमा निर्माण नहुँदा हरेक वर्ष जोखिम मोलेर किसानहरू नदीमा बाँध बाध्न जानुपर्ने बाध्यता रहेको छ । पानीको मुहानदेखि टाढा बुढिकुलाको इन्टेक रहेको हुँदा पानी बुढिकुलासम्म ल्याउन जानुपर्ने बाध्यता रहेको गोला जलउपभोक्ता संस्था अध्यक्ष धनबहादुर शाहीले बताए ।
सम्बन्धित खबर
सिँचाइका लागि हजारौं किसानद्वारा कर्णालीमा श्रमदान
५ करोडको कारोबार गर्दै सकियो आलु महोत्सव
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
पोखरामा फूल किसानलाई ठाउँ मिल्यो, ग्राहक मिलेन
पाेखरामा राेपाइँकाे राैनक [तस्वीर/भिडियाे]
‘विचौलियाका कारण किसान मारमा’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा