पाेखरामा राेपाइँकाे राैनक [तस्वीर/भिडियाे]

राेपाइँ राैनक

पाेखरामा राेपाइँकाे राैनक [तस्वीर/भिडियाे]

Ropai Raunak

असार १५ गते । देशभर राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव मनाइएकाे छ । मानाे राेपेर मुरी फलाउने नेपाली परम्परा अनुसार वर्षाैंँदेखि धान राेपाइँलाई पर्वकाे रूपमा मनाइँदै आइएकाे छ ।

सरकारले धानकाे महत्व दर्साउँदै दुइ दशकयता राष्ट्रिय महत्व दिँदै याे दिवस मनाउन थालेकाे हाे । याे मनाइँदै गरेकाे वर्ष २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ।

असार १५ मा दही च्युरा खाएर, राेपाइँ गर्ने परम्परा रहँदै आएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देशभर ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएकाे छ भने धानकाे उत्पादकत्व प्रति हेक्टर ३.८ मेटन रहेकाे छ।

पाेखरा १५ फलेपाटनमा राेपाइँ महाेत्सव

पाेखरा महानगरपालिका वडा नं. १५ मा पनि धान दिवस तथा राेपाइँ महाेत्सव गरिएकाे छ । वडा कार्यालय परिसरबाट हलगाेरू, बाजागाजा, गीतनाचसहित निस्किएकाे टाेली फलेपाटनकाे खेतमा पुगेर हिलाे खेल्दै, राेपाइँ गर्दै, कृषक सम्मान तथा पुरस्कृत गरी महाेत्सवकाे समापन भएकाे थियाे ।

साे अवसरमा वडाका उत्कृष्ट कृषकहरूलाई  पुरस्कृत तथा सम्मान गरिएको हाे। ७ जना बाख्रा पालक किसानहरू जनही १२ हजार र ६ फर्मलाई जनही १० हजारका दरले पुरस्कृत गरिएकाे वडाध्यक्ष ताेरणबहादुर बानियाँले जानकारी दिए । अध्यक्ष बानियाँ, प्रमुख अतिथि पाेखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

  

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै