कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउराली नजिकै सल्लाघारी, थामडाँडा घुम्तीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रुबाहक जीप आज आइतबार पौने ४ बजेको समयमा दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा वडा नं. २३, कार्कीतगारा घर भएका ६० वर्षका लक्ष्मण सुनार र ठूलाखेतका ५२ वर्षका जयराम सुनार हुन् ।
जीप घुम्तीमा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कालिका गण, नेपाल प्रहरी, स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।
घाइते भएकाहरुको विवरण :-
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान उपचार भएकाहरुः
१. अन्नपूर्ण गा पा ४ बस्ने बर्ष ५० कि देउमाया के सी (अवस्था माध्यम) मणिपाल रिफर
२. पोखरा २३ बस्ने बर्ष ५८ लक्ष्मण कामी टाउकोमा चोट (अवस्था माध्यम)
३. अन्नपूर्ण गा. पा ४ बस्ने बर्ष २२ को धनराज सुनार (अवस्था माध्यम)
४ . अन्नपूर्ण गा पा ५ सल्यान बस्ने बर्ष ७ आरुष बि क(अवस्था माध्यम)
५ . अन्नपूर्ण गा पा ४ बस्ने बर्ष ४१ राजकुमार बि क (अवस्था माध्यम)
मणिपाल हस्पिटल उपचार भएकाहरु :-
१ . अन्नपूर्ण गा पा ५ सल्यान बस्ने बर्ष ३५ को प्रकाश सुनार (अवस्था माध्यम)
२. ऐ.ऐ बस्ने बर्ष ३५ को सुशिला सुनार (अवस्था माध्यम )
३. ऐ.ऐ बस्ने बर्ष १५ को सोनिसा सुनार (अवस्था माध्यम)
४. ऐ.ऐ बस्ने २२ महिनाको बालक सुप्रिम सुनार (अवस्था माध्यम)
५. पोखरा महानगरपालिका २३ बस्ने बर्ष ६० को रामप्रसाद सुनार (अवस्था माध्यम)
सम्बन्धित खबर
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
विमला भण्डारी गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा नियुक्त
गण्डकी प्रदेश प्रमुख भट्ट सूर्योदय हेर्न सबेरै सराङकोटमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !