काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन्। पूजा आराधनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो।
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको पूजाअर्चना गरेका छन्।
मन्दिरमा साँझ साढे पाँच बजेसम्म चार लाख ३५ हजार बढी भक्तजनले पूजा आराधना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
आज बिहान २ बजेबाटै पशुपति क्षेत्रमा दर्शनार्थीको लागि मन्दिरको चारै ढोका खोलिएको छ।
सम्बन्धित खबर
झ्याल बनाउने निहुँमा घरमा पस्दै सुनका गहना चोरी गर्ने दुई पक्राउ
रवि–बालेन र पाहुनालाई उस्तै कुर्सी
सिँचाइका लागि हजारौं किसानद्वारा कर्णालीमा श्रमदान
पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरहरू)
तस्बिरमा हेर्नुहाेस् ‘भोटो जात्रा’
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा