पर्यटकीय ‘पसगाउँ’ [तस्वीरहरू]

पर्यटकीय गन्तव्य

पर्यटकीय ‘पसगाउँ’ [तस्वीरहरू]

पसगाउँले यतिबेला पर्यटक डाकिरहेको छ

Pasgau Thumbnail

लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित पर्यटकीय पसगाउँ । परम्परागत ढुङ्गाको छानोले मनमोहक गाउँ हो ।

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

थाप्लोमै छ क्होंम्रेडाँडा । जहाँबाट अन्नपूर्ण हिमशृंखला आँखैमा ठोक्किन आइपुग्छ। यहाँबाट लमजुङ र कास्कीका थुप्रै गाउँ, डाँडाकाँडा र फाँटहरु देखिन्छन्।

सर्लक्क परेका छपनी छापिएको बाटो र परम्परागत ढुंगाकै छाना हालिएका घर भएको पसगाउँ गुरुङ संस्कृतिमा धनी छ। पोखराबाट आधा दिनको मोटरयात्रामा पुगिने यो गाउँका घरमै पेइङ गेस्ट बनेर पाहुना लाग्न पाइने सुविधा पनि छ।

पसगाउँले यतिबेला पर्यटक डाकिरहेको छ। आफ्नो गाउँका कला, संस्कृति र स्थानीय खानपानको स्वाद चखाउन पर्यटक डाक्दै गाउँमा वर्षेनी महोत्सव पनि हुने गरेको छ ।

महोत्सवमा घाँटुनाचसहितका गुरुङ संस्कृति देखाइन्छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँमा घाँटुका अलावा कृष्णचरित्र, सारंगीनाच, सोरठीसहितका कला संस्कृति जीवित छ ।

२ सय ५० घरधुरी रहेको गाउँमा दुई दर्जन घरमा होम स्टे सुविधा छ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै