पोखरा थर्काउने गरी मोडिफाई गरिएका ६ सय ८१ बाइकधनी कारबाहीमा

ट्राफिक कारबाही

पोखरा थर्काउने गरी मोडिफाई गरिएका ६ सय ८१ बाइकधनी कारबाहीमा

८ वर्कशपका सञ्चालक पक्राउ

modify bike

कास्की प्रहरीले मोडिफाइ (स्वरुप परिवर्तन) गरिएका मोटरसाइकललाई टार्गेट गरी विशेष चेकजाँचलाई तीब्रता दिएको छ । पोखरा नै थर्काउने गरी साइलेन्सर पाइपबाट आगोको मुस्लो निकाल्नेहरु मूख्य टार्गेटमा छन् ।

६ महिनाबीचमा नै कास्की प्रहरीले झण्डै ७ सय बाइकधनीलाई कारबाही गरी पूर्ववत् स्वरुपमा फर्काएको छ ।

समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा मोडिफाइ बाइक कारबाही गर्ने अभियान थालेको हो ।

बढी आवाज निकाल्दै दुःख दिएको भन्ने गुनासो बढ्न थालेपछि अभियानकै रुपमा अघि बढाएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सूर्यबहादुर रानाले बताए ।

प्रहरीलाई झुक्याउनका लागि स्टार्ट गर्ने चाबी एकातिर र देखाउने चाबी अर्कातिर बनाएको पनि भेटिएको छ ।

विशेष गरी बुलेट र क्रसफायर बाइक मोडिफाइ बढी गरेको भेटिएको छ । साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर फेर्ने, हेन्डल परिवर्तनसंगै विभिन्न स्थानमा चाबी राख्ने गरेको भेटिएको छ ।

पहिलो पटकमा सवारीको ढाँचा जुन हो त्यही बनाउने र ट्राफिक जरिवाना अनुसार कारबाही गरी परिवारको जिम्मा लगाएर छाड्ने गरएको छ । दोस्रो पटक पनि त्यस्तै भएमा यातायात व्यवस्था कार्यालयमा पठाएर सोही अनुसार कारवाहि गर्ने गरिएको छ ।

मोडिफाई गर्ने वर्कसपहरु उनीहरुबाटै पत्ता लगाउने र ती वर्कसप चलाउनेलाई पनि पहिलोपटक लिएर आएर सचेत गराउने र दोस्रो पटक पनि त्यहि काम गरेको भेटियो भने हामी मुद्दा चलाउने गरिएको छ ।

कास्की प्रहरीले आज पत्रकारहरुमाझ समातिएका मोटरसाइकल प्रदर्शनी गर्दै कसरी ध्वनी प्रदुषण गरिरहेका छन् भनेर पनि देखाएका थिए ।

bullet

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै