पोखरामा आफ्नै बुबामाथि खुर्पा प्रहार गरी हत्या

अपराध

पोखरामा आफ्नै बुबामाथि खुर्पा प्रहार गरी हत्या

रातारात फरार भएका छोरा बिहानै पाल्पाबाट पक्राउ

buwa-khurpa

पोखरा। आफ्नै बुवालाई खुर्पा प्रहार गरी हत्या गर्ने छोरालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

मंगलबार पोखरा महानगरपालिका -१७ बिरौटा स्थित गोधुली संसार पथ निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई २२ वर्षीय छोरा रविन क्षेत्रीले खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरा रविन क्षेत्रीले मंगलबार दिउँसो अन्दाजी १२:१० बजेको समयमा बुवामाथि खुर्पा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए।

घटनाको सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट पुगेको प्रहरीको टोलीले घाइते बुवालाई तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल पठाएपनि उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

खुर्पा प्रहार गरी फरार भएका छोराको खोजी कार्यमा जुटेको प्रहरीको टोलीले उनको हुलिया सहितको फोटो आसपासका जिल्लामा समेत खोजतलासका लागि पठाएकोमा आज बिहान अन्दाजी ४:०५ बजेको समयमा पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिन सफल भएको हो।

घटनाको कारणबारे प्रहरीले विस्तृतमा केही बताइसकेको छैन। यद्यपी उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • अध्यावधिक गरिएको ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै