पोखरा। आफ्नै बुवालाई खुर्पा प्रहार गरी हत्या गर्ने छोरालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
मंगलबार पोखरा महानगरपालिका -१७ बिरौटा स्थित गोधुली संसार पथ निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई २२ वर्षीय छोरा रविन क्षेत्रीले खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरा रविन क्षेत्रीले मंगलबार दिउँसो अन्दाजी १२:१० बजेको समयमा बुवामाथि खुर्पा प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए।
घटनाको सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट पुगेको प्रहरीको टोलीले घाइते बुवालाई तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल पठाएपनि उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
खुर्पा प्रहार गरी फरार भएका छोराको खोजी कार्यमा जुटेको प्रहरीको टोलीले उनको हुलिया सहितको फोटो आसपासका जिल्लामा समेत खोजतलासका लागि पठाएकोमा आज बिहान अन्दाजी ४:०५ बजेको समयमा पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिन सफल भएको हो।
घटनाको कारणबारे प्रहरीले विस्तृतमा केही बताइसकेको छैन। यद्यपी उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा