‘प्रेमिका’ ले थुनाएका मोटो भ्लगर प्रभात बसेल अब थुनामुक्त

‘प्रेमिका’ ले थुनाएका मोटो भ्लगर प्रभात बसेल अब थुनामुक्त

Pravat basel 2

जबरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटो भ्लगर प्रभात बसेललाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालत पनि आदेश दिएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

विहीबार थुनछेक बहसपछि बसेललाई जिल्ला अदालत म्याग्दीले अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । जबर्जस्ती करणी मुद्धामा कास्की अदालतले सोमबार १ लाख धरौटी माग गरेको छ । अब बाँकी मुद्धा प्रभातले थुनामा नबसी बाहिरबाटै लड्न पाउने भएका हुन् ।

जाहेरवाला ४३(४०) ले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बसेलमाथि अपहरण र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन्। यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीमा जबर्जस्ती करणी मुद्धा हालेकी थिइन् । जिल्ला अदालत कास्कीमा १ लाख धरौटी बुझाउने तयारी गरेका छन् । उनले कास्की अदालतमा धरौटी बुझाएपछि उनलाई प्रहरीको रोहवरमा जिल्ला अदालत म्याग्दी लगिनेछ । उनले म्याग्दी अदालतमा साढे २ लाख धरौटी बुझाएपछि रिहा हुनेछन् ।

आदेशमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म बसेल र उनका परिवारबाट जाहेरवाला र परिवारसँग भेटघाट नगर्ने, गोपनीयतामा असर गर्ने, भौतिक, शारीरिक र मानसिक क्षति पुग्ने कार्यहरू नगर्ने, अन्तरवार्ता नदिन लगायत मुद्दालाई प्रभावित पार्ने गतिविधि नगर्न समेत आदेश दिइएको छ।

जिल्ला अदालत म्याग्दीबाट धरौटीमा छुटेका बसेललाई कास्की प्रहरीमा रहेको जबरजस्ती करणीको मुद्दामा अनुसन्धान गर्न बिहीबार नै कास्की प्रहरीमा ल्याइएको थियो ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। प्रभातको पक्षमा अधिवक्ता सागरजिवी उपाध्याय, शिव सुनार, राम शर्मा, ईश्वर परियार र कुञ्जनी परियारले बहस गरेका थिए।

प्रभातलाई जाहेरवाला ४३ (४०) ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीपछिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए। प्रभातका आफन्त र साथीहरुले केटीका अभिभावकले स्वीकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको बताएका छन् भने जाहेरवाला केटी र उनका परिवारले यसलाई अस्वीकार गदै आएका छन्। जाहेरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा बसेर फर्किएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै