नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

पोखरा । नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । आइतबार सुरु भएको संघको अधिवेशनमा सर्वसम्मत प्रयास सफल नभएपछि सोमबारसम्म सरेको हो ।
उपाध्यक्ष (खुला) मा विजय लम्साल, उपाध्यक्ष (महिला) मा ज्योति हमाल, सचिवमा धनबहादुर गुरुङ ‘सुमन’ निर्वाचित भएका छन् । सहसचिव सपना अधिकारी र कोषाध्यक्ष निराजन अधिकारी सर्वसम्मत भए ।
सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ र सविन विक छन् ।

सम्बन्धित खबर
अन्तर कलेज टिचर्स फुटसलमा न्यू ग्यालेक्सी च्याम्पियन
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा