नेपाल प्रेस युनियन कास्कीकाे अध्यक्षमा बासुदेव मिश्र

नेपाल प्रेस युनियन कास्कीकाे अध्यक्षमा बासुदेव मिश्र

press union team

पोखरा । नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । आइतबार सुरु भएको संघको अधिवेशनमा सर्वसम्मत प्रयास सफल नभएपछि सोमबारसम्म सरेको हो ।

उपाध्यक्ष (खुला) मा विजय लम्साल, उपाध्यक्ष (महिला) मा ज्योति हमाल, सचिवमा धनबहादुर गुरुङ ‘सुमन’ निर्वाचित भएका छन् । सहसचिव सपना अधिकारी र कोषाध्यक्ष निराजन अधिकारी सर्वसम्मत भए ।

सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ र सविन विक छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै