गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

surendra-raj-pandey 1

पोखरा । पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् ।

उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा नेकपा एमाले मत दिए । पाण्डेको विपक्षामा २२ मत पर्‍यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे । मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै