पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री दाबी गरेका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज बिहीबारै मुख्यमन्त्री नियुक्त गरे । तर नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भने भोलि शुक्रबार गराउने भएका छन् ।
पाण्डेले बुधबार माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि १४ गते ४ बजेभित्रको समय सीमा दिएर प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । कांग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्री दाबी गरेका थिए । बहुमत सांसदको दाबी अनुसार प्रदेश प्रमुख पाण्डेलाई प्रदेश प्रमुख गुरुङले बिहीबार ४ नबज्दै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !