पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ (२) बमोजिम उनले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । यसपालिको प्रदेश सभा अधिवेशन केवल १ दिनमात्रै चलेर अन्त्य भएको छ । संसदीय परम्परामा १ दिनमात्रै संसद अधिवेशन चलेको इतिहास दुर्लभ हो ।
अधिवेशन अन्त्य भएको जानकारी भने प्रदेश प्रमुख कार्यालयले आइतबार साँझमात्र सार्वजनिक गरेको थियो । वैशाख ९ गते शनिबार मुख्मन्त्री खगराज अधिकारी संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।
अधिकारीले विश्वासको मत लिनकै लागि ९ वैशाखका लागि प्रदेश सभाको अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदमार्फत प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । यसअघि माओवादी केन्द्र नेतृत्वको संघीय सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री अधिकारीले त्यतिखेर चालु प्रदेश सभा अधिवेशन हठात अन्त्य गरेका थिए ।
सम्बन्धित खबर
अन्तर कलेज टिचर्स फुटसलमा न्यू ग्यालेक्सी च्याम्पियन
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा