गण्डकी प्रदेश अधिवेशन १ दिनमै अन्त्य

गण्डकी प्रदेश अधिवेशन १ दिनमै अन्त्य

Gandaki-province-pradesh

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ (२) बमोजिम उनले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । यसपालिको प्रदेश सभा अधिवेशन केवल १ दिनमात्रै चलेर अन्त्य भएको छ । संसदीय परम्परामा १ दिनमात्रै संसद अधिवेशन चलेको इतिहास दुर्लभ हो ।

अधिवेशन अन्त्य भएको जानकारी भने प्रदेश प्रमुख कार्यालयले आइतबार साँझमात्र सार्वजनिक गरेको थियो । वैशाख ९ गते शनिबार मुख्मन्त्री खगराज अधिकारी संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।

अधिकारीले विश्वासको मत लिनकै लागि ९ वैशाखका लागि प्रदेश सभाको अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदमार्फत प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । यसअघि माओवादी केन्द्र नेतृत्वको संघीय सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री अधिकारीले त्यतिखेर चालु प्रदेश सभा अधिवेशन हठात अन्त्य गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै