नेकपाका युवा नेता एवं गण्डकी प्रदेश सांसद राजिव पहारीले पार्टी एकतापछि निकै उत्साह आएको स्मरण गरेका छन् । प्रचण्डलाई काँधमा बोकेर हिँडेको, गाउँ–गाउँ अभिनन्दन गर्दै हिँडेको, आफ्नै गाउँठाउँको धर्ती पुत्र भन्दै हिँडेको स्मरण गर्दै उनले अहिले प्रचण्डले गलत बाटो समातेको बताए ।
नेकपा ओली पक्षीय एक कार्यक्रममा बोल्दै पहारीले माओवादी र एमाले एकीकरणपछि जनतामा पनि उत्साह थपिएको, कम्युनिष्टले झण्डै दुई तिहाई मत ल्याएको पनि सम्झिए । उनले माओवादी सानो आकारमा रहेपनि झण्डै एमालेकै हैसियतमा एकीकरण गराएको बताए ।
‘स्थानिय चुनावमा माओवादीको हालत के थियो ? प्रतिनिधि, प्रदेश सभामा एमालेसँग मिल्दा कस्तो नतिजा आयो ? तर समानुपातिकमा एमालेले ३१ लाख ल्याउँदा माओवादी १३ लाख थियो ।’ पहारीले भने– ‘तैपनि माओवादीलाई ४५ प्रतिशत भाग दिएर ५५ प्रतिशत एमालेले लिएर पार्टी एकता गरियो । अनि केपी ओली एकता बिरोधी हुन्छ ?’
उनले पार्टी यो अवस्थामा आउँदा दुःख, पीडा, चिन्ताले आँखा रसाएको बताए । ‘हिजो पार्टी एकता हुँदा सोचेका थियौं, अब २५,३० वर्ष कम्युनिष्टले शासन गरेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्नेछ । १०–१२ वर्षमा विश्वका विकसित राष्ट्रहरुमा नेपाललाई पुर्याउनेछ । तर भएन ।’ पहारीले भने ।
उनले कम्युनिष्ट फुट्नु नै गलत भएको पनि बताए । पहारीले भने – ‘काँग्रेसको ज्यादतीले नेपालीले दशकौं पीडा भोगे, कष्ट भोगे, कम्युनिष्ट कार्यकर्ता भएका कारण जागिर गयो, तर अब कम्युनिष्ट आयो, देश विकास हुन्छ भनेका थियौं ।’
सम्बन्धित खबर
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा