हरेक शुक्रबार मिराकलमा आईईएलटीएस लक्षित ‘मोक् टेस्ट’

हरेक शुक्रबार मिराकलमा आईईएलटीएस लक्षित ‘मोक् टेस्ट’

miracle-mock

पोखराको चिप्लेढुंगामा स्तरीय व्यवस्थापनसहित सेवा दिँदै आएको अग्रणी शैक्षिक परामर्शदातृ संस्था मिराकल ईन्स्टिच्युटले हरेक शुक्रबार आईईएलटीएस मोक् टेस्ट गराइरहेको छ । मोक टेस्टको सञ्चालन आईईएलटीएस टेस्टको तयारी कक्षा लिइरहेका तथा टेस्ट डेट बुक गरिसकेका विद्यार्थीहरुलाई राम्रो अंक हासिल गर्न सघाउ पुगोस् भन्ने हेतुले गरिएको संस्थाले जनाएको छ ।

उक्त मोक् टेस्टको परिक्षा वातावरण, आईईएलटीएसको वास्तविक परिक्षा वातावरण, प्रक्रिया, समयावधि र प्रविधिलाई ध्यानमा राखी दुरुस्तै हुने गरी व्यवस्थापन गरिएको छ । जसअनुसार आईईएलटीएसका सबै चार प्रकारका सिकाई मोड्युलहरु लिसनिङ, स्पिकिङ, रेडिङ्ग, राईटिङको वास्तविक समयअनुसार परिक्षा लिइने, ४ घण्टासम्म टेस्ट समय हुने, लिसनिङ टेस्टमा प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै वायरलेस हेडफोन उपलब्ध गराइने, सोहि दिन स्पिकिङ टेस्ट समेत लिइने संस्थाले जनाएको छ ।

विद्यार्थीको टेस्टको मूल्यांकन अनुभवी एवम् ब्रिटिश काउन्सिलका आधिकारिक प्रशिक्षकबाट गरी दुई दिनपछि आईतबार नै विद्यार्थीको रिजल्ट प्रकाशित गरिने र प्रत्येक विद्यार्थीका उत्तरहरुको सबल र दुर्बल पक्षको सूक्ष्म विश्लेषण गरी विद्यार्थीहरूलाई पृष्ठपोषण समेत प्रदान गरिने मिराकलले जनाएको छ ।

उत्कृष्ट स्कोर ल्याउने विद्यार्थीलाई आकर्षक गिफ्ट पनि प्रदान गरिने मिराकलले जनाएको छ । मोक् टेस्टबाट विद्यार्थीको आत्मविश्वासमा वृद्धि गराउने, समय व्यवस्थापनमा सघाउ पुर्याउने, क्षमता अनुरूप टेस्ट नतिजा ल्याउन मद्धत पुग्ने र आईइएलटिएस टेस्टसँग परिचित गराउन सहयोग पुर्याउने विश्वास मिराकालले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै