पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो विशाल शिवमूर्ति जडान गरिँदै (फोटो फिचर)

पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो विशाल शिवमूर्ति जडान गरिँदै (फोटो फिचर)

IMG_2522-2

पोखरा । पोखराको पुम्दीकोटमा शिवमूर्ति जडान गर्ने काम चलिरहेको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल विशाल शिवको मूर्ति जडान गरिँदैछ ।

भारत मथुराबाट शिवको मूर्ति पोखरा ल्याइसकिएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेनकोसहयोगमा जडान जारी रहेको अध्यक्ष बरालले बताए । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको उनले बताए ।

भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका छन् । सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्तिको जडान कार्य अहिले जारी रहेको छ ।

‘नागरिक उड्डयन प्राधिकरणको सुझावलाई मध्यनजर गर्दै १०८ फिटबाट घटाई ५१ फिटमा झारिएको हो’ अध्यक्ष बरालले भने–‘उभ्भिएको मूर्ति राख्ने योजना थियो। अहिले बसेको(पद्मासनको) मूर्ति राखिने छ।’

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै