पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा आगमी मंसिर ९ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
‘हाम्रो प्रतियोगिता लगत्तै दशौं राष्ट्रिय खेलकुद भएकाले सबैसँग सल्लाह गरेर नै प्रतियोगिताको तयारीमा लागेका हौं, उनले भने, ‘ ६ टिमबीच प्रतिस्पर्धा हुने भएपनि विदेशी खेलाडीहरु पनि आउने भएकाले खेल भव्य र रोमान्चक हुने आस छ ।’
सो प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने संयोजक गुरुङले बताए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल प्रवेश शुल्क २ हजार ५०० रुपैयाँको निर्धारण गरिएको गुरुङले बताए ।
‘अहिले सिजनल पासको शुल्क तोकेका छौ । केही दिनमै डुअर टिकेटको पनि निर्धारण हुन्छ । खेलकुदको विकास गर्ने र सामाजिक काममै खर्चिने उद्देश्यले टुर्नामेन्ट आयोजना गरेको हुनाले त्यस्तो धेरै हुदैन ।’ अध्यक्ष गुरुङले भने ।
उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीका लागि आवास, यातायात तथा प्राविधिक व्यवस्थापनमा निशुल्क गरेको छ ।

प्रतियोगितालाई भव्य बनाउन विभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठानहरुले साथ दिएको छ ।
क्लबका सचिव अशोक थापाका अनुसार एजुकेशन पार्टरका रुपमा फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ । यस्तै, मेडिकल पार्टनरका रुपमा जिएमसी हस्पिटलसँग सम्झौता भएको थापाले बताए ।
उनका अनुसार ब्रोडकास्टिङ पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजनसँग सहकार्य भएको छ । भने, अन्य विभिन्न संस्था तथा कम्पनीसँग सहकार्यको तयारी भइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
फोटो पत्रकार अक्षयकोषमा आदर्श हार्डवयरको २५ हजार सहयोग
कास्कीमा प्रेस स्वतन्त्रता र महासंघका मागबारे छलफल
‘निट पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन
पुस २ गतेदेखि लेखनाथ महोत्सव
पोखरामा हुने फेवा किङ्स कपको तयारी पूरा, ६ टिम भिड्ने
कांग्रेस महाधिवेशन: कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा शुक्रराजको उम्मेदवारी
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा