पाेखरामा ४ लाख उपाधि राशीको भलिबल प्रतियोगिता हुने

पाेखरामा ४ लाख उपाधि राशीको भलिबल प्रतियोगिता हुने

रंगशालामा मंसिर १ देखि ६ गतेसम्म प्रतियोगिता

VV

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्  ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता