पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।
परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा बजारमा ल्याइएको हो ।
स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो । यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् ।
आजबाट गण्डकीमा भित्रिएको याे सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले बताए । उनले सकेसम्म हरेक व्यवसायीले यस्ता प्रकारका सफ्टवेयरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमले समयको बचतसँगै प्रविधिमैत्री बन्न दीपअर्थको आवश्यकता रहेको बताए ।
कार्यक्रममा दीपअर्थका सीइओ देवराज घिमिरेले सफ्टवेयरमा ज्वेलरी व्यवसायका लागि आवश्यक पर्ने सम्पूर्ण डिजिटल सुविधाहरू उपलब्ध रहेको बताए । उनका अनुसार सो सफ्टवेयरभित्र व्यवसायको लेखा सम्बन्धी सबै रिपोर्टहरू सहजै तयार पार्न सकिन्छ भने ग्राहकको अर्डर व्यवस्थापन र खरिद–बिक्रीको विवरण राख्न मिल्ने सुविधा उपलब्ध छ ।
यस्तै दीपअर्थका म्यानेजर रोशन कडरियाले सफ्टवेयरको प्राविधिक पक्ष, उपयोगिता र यसका सुविधाहरूबारे विस्तृत जानकारी दिए ।
कडरियाका अनुसार गहना व्यवसायको सहजताका लागि यसमा तौल मापन गर्दा ग्राम र तोला दुवै एकाइमा राख्न मिल्ने विशेष व्यवस्था गरिएको छ ।
यसैगरी व्यवसायीले बारकोडको प्रयोग गरी सामानको स्टक र इन्भेन्ट्री चुस्त राख्न सक्नेछन् भने छिटो र छरितो भुक्तानीका लागि बारकोड बिलिङको व्यवस्थासमेत यसमा समावेश गरिएको छ ।
सफ्टवेयर प्रयोग गर्न चाहने व्यवसायीका लागि हरेक वर्ष ३० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको गण्डकी प्रदेशका प्रतिनिधि अपिल विश्वकर्माले जानकारी दिए । उनका अनुसार वार्षिक प्याकेजबाहेक हरेक वर्ष नवीकरण शुल्क भने अतिरिक्त लाग्नेछ ।
व्यवसायको महत्वपूर्ण डाटा विवरण सुरक्षित रहने र यसले गोपनीयताको पूर्ण प्रत्याभूति दिने कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
चौंथो ‘गाउँ पर्यटन मेला’ बन्दिपुरमा हुने
बढ्यो आलुको कारोवार
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा