पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।
महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए ।
जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।
त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी घरयासी सामग्री किन्नेको संख्या त्यहाँ बढी छ । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा १ सय बढी व्यापारिक स्टल छन् ।
महोत्सवमा उल्लेख्य कारोवार भइरहेको कुमाल कृषि तथा पशुपन्छी फार्म रुपा ३ की प्रोप्राइटर समेत रहेकी जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता कुमालले बताइन् ।
उनले त्यहाँ स्थानीय अनदी, मार्सी चामल, चिउरा लगायतका सामग्री बेच्दै आएकी छन् ।
सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, हामीहरु उनीहरुको निरन्तर सम्पर्कमा पनि छौं, आज बिहीबार साँझसम्म गरी ३ करोड बढीको कारोवार भएको अनुमान छ, पक्कै पनि यो हामी सबैका लागि खुशीको कुरा हो, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने ।
त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।
बिहीबार साँझसम्म ३० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।
हेमजाका निलोे आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य ठाउँहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजको बिक्रीवितरण भइरहेको छ ।
महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियार लगायतका प्रस्तुतिहरु रहे । त्यस्तै दिदीबहिनी आमा समूह पोखरा २३, हेमजा स्थित खुट्टागौँडा लामाचौतारा आमा समूह, तिब्रेकोट आमा समूह र दहरे देउराली आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आआफ्ना प्रस्तुति पनि राखे ।
कन्सर्टतर्फ सम्भोज मल्ल, आस्ता लोहोनी र सुवाश गुरुङ एवम् नृत्यतर्फ सोनियाँ केसी, प्रदिप सुनार, सबनम केसी र जोयल अधिकारीले आफू नाच्दै दर्शकलाई पनि नचाए।
बिहीबार दिउँसोसँगै परेको झरीले महोत्सवमा केही प्रभाव समेत पार्यो । झरीका बीच छाता ओढेरै भएपनि महोत्सवलाई दर्शकले साथ दिए ।
महोत्सव अन्तर्गत शुक्रबार त्यहाँ.कलाकारहरु एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, विष्णु ढुङगाना, विनिता क्षत्री लगायतका प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सचिव विपीन पौडेलले जानकारी दिए ।
यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
बढ्यो आलुको कारोवार
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
सुजल फुड्सले ल्यायो वाफी–वेफर्स प्याक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !