काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुईसय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुईसय ५६ रुपियाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपियाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपियाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीनसय ३१ रुपियाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ ।
पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपियाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
सुजल फुड्सले ल्यायो वाफी–वेफर्स प्याक
क्यान्डी रिमझिम बल पुनः बजारमा ल्याउँदै सुजल फुड्स
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !