पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।
अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक भित्रिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
उनका अनुसार एक्कासी पर्यटकको घुँइचो बढेपछि व्यवस्थापन गर्न कठिन भएको छ ।
घान्द्रुक जाने योजना बनाएका पर्यटकहरुले सम्पर्क गरेर मात्रै जानुपर्ने रोधिं क्लबका उपाध्यक्ष अमृत लामा गुरुङले सुझाए ।
‘घान्द्रुकमा अहिले पर्यटकको चाप निकै बढेको छ । बिदा र घुमघामको सिजन भएकै कारण घान्द्रुकमा आउने आन्तरिक र बाह्य पर्यटकको घुइचो भएको हो, उनले भने, ‘यदी तपाइहरु पनि घान्द्रुक आउने योजना बनाउनुभएको छ भने यहाँका व्यवसायी वा समितिलाई सम्पर्क गरेर मात्रै आउनुहोला ।’
पछिल्लो समय घान्द्रुकमा मात्रै नभएर पोखराको लेकसाइडमा पनि पर्यटक भरिभराउ भएका छन् । तिनैमध्ये केही पर्यटक पर्यटकीय गाउँहरुपमा निस्कन थालेपछि घान्द्रुक जस्ता लोकप्रिय गाउँहरुमा पाहुनाको भीड लाग्न थालेको उनले बताए ।
घान्द्रुकमा होटल तथा होमस्टेले एकरातमा करिब ३ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने क्षमता रहेको रोधिं क्लबका अध्यक्ष लक्षिण गुरुङले बताए ।घान्द्रुकमा पर्यटकीय गतिविधि बढेसँगै सवारी साधनको चाप पनि बढेकाले क्लबले नै व्यवस्थापन गरिरहेको उनले बताए ।
‘गाउँमा पाहुनाहरु धेरै आएपछि गाडीहरुको पनि चाप बढेको छ । त्यसैले हामी क्लबका साथीहरु मिलेर पार्किङको व्यवस्थापनमा जुटेका छौं’, उनले भने ।
उनले घान्द्रुक भित्रिने सडकको स्तरोन्नती तथा मर्मत संभारमा समेत क्लबले पहल गर्दै आएको बताए ।
आन्तरिक पर्यटकहरु हरेक वर्ष दशैं, तिहार तथा बिदाको छेको पारेर अत्याधिक मात्रामा पर्यटक घान्द्रुक पुग्ने गरेका छन् ।
गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँ संस्कृति र प्रकृतिमा निकै धनि छ । घान्द्रुकबाट एबीसी ट्रेक (अन्नपूर्ण आधार शिविर), हिडन लेक लगायतका एसियाकै लोकप्रिय पदमार्ग जान सकिन्छ ।
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा