पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।
मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्लस फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगिताको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले गरे ।
सो अवसरमा बोल्दै उनले सो प्रतियोगिताले खेकलुद क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याउने धारणा राखे ।
उनले विगतका स्तरीय खेलाडीहरुबीचको आपसी भाइचारालाई मजबुद गर्न सो प्रतियोतिाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेमाथी ८–३ गोल अन्तरले सहज जीत निकाल्दै गण्डकी स्पोर्टस् क्लब विजयी बनेको छ ।
यसजीतसँगै गण्डकी स्पोर्टस क्लब दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक गुरुङ (मेजर) ले बताए ।
उनका अनुसार दोस्रो खेलमा एक्टिभ स्क्वार्डले न्यू एयरपोर्टलाई ७–२ गोल अन्तरले पराजित गर्याे ।
यस्तै तेस्रो खेलमा नरेन एफसी टिम ए ले कस्केरी एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै नरेन एफसी दोस्रो चरणमा प्रवेश गरेको संयोजक गुरुङले बताए । उनका अनुसार आज प्रिक्वाटरफाइनलका सबै खेलहरु सम्पन्न हुनेछन् ।
कुल १९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले नगद रु ९१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टोलीलाई नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।
प्रतियोगितामा विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । सोही प्रतियोगितामार्फत ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको छ ।
सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा