पोखराको नागढुंगास्थित एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा स्थित युनिक होटलमा बास बसेकी तनहुँ भिमाद स्थायी घर भएकी ३८ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी सोही स्थान नजिकैको शिला रेष्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार बुधबार बिहान होटलकी संचालिकाले शिलालाई अचेल अवस्थामा देखेकी थिइन् । तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । होटलमा सिसिटिभी पनि जडान नरहेको र घटना संकास्पद भएकाले ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक, मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हाल शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ ।
होटल सञ्चालकले प्रहरीसामू महिलाले नै केटाको नाम, नम्बर टिपाएको बयान दिएको श्रोतले बतायो । होटल रूम भित्र जुस र रेडबुल खाएको अवस्थामा भेटिएको छ ।
यद्यपी प्रहरीले भने युवकसँग होटलमा गएको बारे पुष्टि नभइसकेको र अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा लागुऔषधसहित २९ वर्षीय घिसिङ पक्राउ
जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
कास्की प्रहरीको ‘स्वीप अपरेसन’: ड्रग्स युजरसँगै गुण्डागर्दी गर्ने १ सय २२ पक्राउ
पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल चलानको आदेश
पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा