पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ

पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ

DPO Kaski
Worldlink

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–११ का ३२ वर्षीय विकास नेपालीलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट फेनिरागन (Pheniramine) २१ एम्पुल, डाइजेपाम (Diazepam) २१ एम्पुल र नुर्फिन (Norphine) २६ एम्पुल गरी कुल ६८ एम्पुल लागूऔषध बरामद गरेको छ।

पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।

भर्खरै