पोखरा- घरमा एक्लै बालिका रहेको मौका छोपी झ्याल बनाउने निहुँमा प्रवेश गरेर सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये एक जनाले चोरीका गरगहना खरिद गरेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिइएको हो कास्की प्रहरीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
उनका अनुसार गत जेठ २४ गते पोखरा महानगरपालिका–१५ स्थित मनिषा थापाको घरमा बालिका मात्रै रहेको अवस्थामा एक व्यक्ति “झ्याल–ढोका बनाउन नाप लिन आएको” भन्दै घरभित्र प्रवेश गरेका थिए । त्यसपछि
उनले झ्याल नजिकैको कोठाको ढोका तोडफोड गरी विभिन्न सुनका गरगहना र नगद ११ हजार रुपैयाँ चोरी गरेका थिए ।
घटनाबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले प्राविधिक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चोरीमा काठमाडौँ महानगरपालिका–९ शिवनगर बस्ने ३५ वर्षीय भुवनबहादुर साह शंकरको संलग्नता रहेको पुष्टि प्रवक्ता पासवानले बताए ।
प्रहरीले असार ४ गते काठमाडौँस्थित उनको डेराबाट चोरीका सामानसहित साहलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा उनले चोरी गरेका सुनका गरगहना सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–७ मूलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई बिक्री गरेको खुलेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका सुनारको साथबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरका सुनका गरगहना बरामद गरिएको छ । साथै, नगद ८१ हजार ५०० रुपैयाँ, चोरीका घटनामा प्रयोग भएको पोशाक तथा अन्य सामग्री पनि बरामद गरिएको छ ।
दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ
पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
झ्याल बनाउने निहुँमा घरमा पस्दै सुनका गहना चोरी गर्ने दुई पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा