नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

पोखराको चिप्लेढुंगामा नगरबसको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।
आज शुक्रबार बिहान पौने ८ बजे ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएको हो ।
झापाको दमक ४ घर भई हाल पोखरा ५ पर्स्याङ बस्दै आएकी कार्कीको घटनास्थलमै मृत्यु भयो । यद्यपी, उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी गरायो ।
पोखरा ताङतिङ चल्ने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक कास्कीको मादी ५ घर भएका ३५ वर्षका सागर क्षेत्री हुन् ।
एकाबिहानै खुल्ला र फराकिलो सडकमा स्कुटरलाई ठक्कर दिनु बस चालकको गम्भिर लापरबाही भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सम्बन्धित खबर
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
कास्कीमा एकै दिन विभिन्न मुद्दाका २७ फरार प्रतिवादी पक्राउ, कुन मुद्धाका कति ?
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा