आफ्नै सवारी साधनबाट ट्रायल, एक वर्षको लागि परीक्षण लाइसेन्स
यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।
एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरेको हो ।
नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।
नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक संकेतको पालना नगरेमा १५ अङ्क घट्छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्नेछ । संकेत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था छ ।
यस्तै, नयाँ व्यवस्था कार्यान्वयन भएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरुलाई एक वर्षको लागि परीक्षण लाइसेन्स दिइनेछ । परीक्षण कालको एक वर्षमा पाँच पटकसम्म सवारी नियम उलंघन गरेमा त्यो व्यक्तिले पुनः परीक्षा दिनुपर्छ । यस्तै, नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ । प्रयोग गर्ने सवारी साधन भने यातायात व्यवस्था विभागले तोकेको मापदण्ड भित्रको हुनुपर्नेछ ।
मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि साेधिने प्रश्नहरु हेर्नुस् :
सम्बन्धित खबर
पेशागत दक्षताका लागि जनप्रिय क्याम्पसमा प्राध्यापकलाई तालिम
आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : त्रिवि नवनियुक्त उपकुलपति बराल
लाइसेन्सको लिखितमा यस्ता प्रश्नहरु सोधिनेछन्, २० प्रश्न सोधिने
त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने
चैतभित्रै शैक्षिक सत्र समापन गर्ने सरकारको तयारी
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा