पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।
पोखराको महेन्द्रपुलमा आज एक विशेष कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नयाँ शाखाको औपचारिक उद्घाटन गरे ।
सो अवसरमा बोल्दै कार्कीले पोखरामा गुणस्तरीय शैक्षिक परामर्शको आवश्यकता रहेको उल्लेख गरे ।
पोखरामा शैक्षिक परामर्श केन्द्रहरूको संख्या बढ्दै गएको बताउदै नयाँ शाखाको रुपमा आएको मिसन युएसएले विद्यार्थीहरूलाई सही र विश्वसनीय मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
विगत १८ वर्षदेखि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको यस कन्सल्टेन्सीको यसअघि काठमाडौँ, बिर्तामोड र चितवनमा शाखाहरू सञ्चालनमा छन् ।
शाखा विस्तारका लागि राम्रो टिमको खोजीमा रहेको बताउदै नेपालको पश्चिम क्षेत्रमा पनि शाखा विस्तारको योजना रहेको मिसन युएसएका संस्थापक निर्देशक सञ्जय घिमिरेले बताए ।
कर्ण बहादुर विकको नेतृत्वमा सञ्चालनमा ल्याइएको पोखरा शाखाबाट उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श र उत्कृष्ट सेवा दिने उद्देश्यले पोखरामा शाखा सञ्चालनमा ल्याइएको कन्सल्टेन्सीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
झ्याल बनाउने निहुँमा घरमा पस्दै सुनका गहना चोरी गर्ने दुई पक्राउ
पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्बिरहरू)
अन्तर कलेज टिचर्स फुटसलमा न्यू ग्यालेक्सी च्याम्पियन
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा