पोखरा रंगशालाको भौतिक निर्माण प्रगति ८६ प्रतिशत सम्पन्न भएको छ । रंगशालामा चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ ।
रंगशालाको चारैतिरको पिच निर्माणाधीन अवस्थामा छ भने ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी छ । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी छ ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो ।
भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माणकार्य रोकिएको उहाँले बताउनुभयो । माछापुच्छ्रे हिमालको फेदमै करिब एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको हो ।
गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म जारी १३औं दक्षिण एसियाली खेलकुद ९साग०का केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।
सम्बन्धित खबर
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा