पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले शीर्षस्थान कायमै गरेको छ ।
४ खेल खेलेको गण्डकी प्रदेश भलिबल संघले ३ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्षस्थान कायम गरेको हो ।
प्रतियोगिताका मुख्य तथा अन्तरराष्ट्रिय रेफ्री तहलसिंह थापामगरका अनुसार नेपाल पुलिस क्लब ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । पुलिस क्लबले ४ खेलमा ३ जीत र १ हार ब्यहोरेको छ । यस्तै नेपाल पुलिसलाई पछ्याउदै एपीएफ क्लब ७ अंकसहित तेस्रो स्थानमा छ । एपीएफले ४ खेलमा ३ जीत निकालेको छ भने १ हार ब्यहोरेको छ ।
आयोजक युनाइटेड किङ्स क्लब ६ अंकसहित चौंथो स्थानमा समेटिएको छ । यता समान २/२ अंक रहेको त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश भलिबल संघ प्रतियोगिाबाट बाहिरिएको छ ।
शनिबार भएको पहिलो खेलमा एपीएफ क्लबले ३–२ को सेटमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्याे ।
यस्तै दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै कोशी प्रदेश भलिबल संघले प्रतियोगिताकै पहिलो जीत हाँसिल गर्याे । तेस्रो खेलमा आयोजक युनाइटेड किङ्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लबले सहज जीत निकालेको प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार लिग चरणकै अन्तिम तीन खेल हुनेछन् ।
पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा एपीएफ क्लब र आयोजक युनाइटेड किङ्स क्लब भिड्नेछ । लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा उत्रने गुरुङले बताए ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
फेवा किङ्स कप: गण्डकी शीर्षस्थानमा, आर्मी र कोशी बाहिरियो
फेवा किङ्स कपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक र कोसीबीच प्रतिस्पर्धा
फोटो पत्रकार अक्षयकोषमा आदर्श हार्डवयरको २५ हजार सहयोग
कास्कीमा प्रेस स्वतन्त्रता र महासंघका मागबारे छलफल
‘निट पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन
पुस २ गतेदेखि लेखनाथ महोत्सव
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा