चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट

‘चङ्गा अल–स्टार फुटसल २०२६’

चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट

Champions
Worldlink

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई २–० गोल अन्तरले पराजित गर्दै प्याराडाइम च्याम्पियन बनेको हो ।

प्याराडाइमको जीतमा खेमे र मिस्टर फुडीले समान १/१ गोलको योगदान दिए । सो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीका रुपमा सोही टिमकै विवश पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा खेमे घोषित भए । प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको टोलीले शिल्ड तथा मेडल प्राप्त गरे ।

हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा आयोजित सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीले सहभागिता जनाएका थिए ।

सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।  चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।